१९ औ वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न ।
१९ औ वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न ।
यस क्याम्पसको १९ औ बार्षिकोत्सवको कार्यकम भव्यताका साथ सम्पन्न भएको छ । सस्थाका अध्यक्ष डा. बशिंधर मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्विद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्यालले पानसमा बत्ति वाली कार्यक्रमको उदघाटन गर्नुभयो । प्रमुख अतिथि अतिथिले उटघाटन मन्तव्यका क्रममा यस क्याम्पसले यति छोटो समयमा दुई दुइ पटक उत्कृष्ट क्याम्पस भएको साथै विश्वविद्यालय अनुदान आयोगवाट गुणस्तर प्रत्यान्कृत (QAA Accredited) भएकोमा प्रंशसा गर्नुभयो । चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा.सुजनवावु मरहट्टाले चिकित्सा शिक्षा आयोगले पाठयक्रमलाई परिमार्जनका लागि कार्य गरिरहेको बताउनु भयो । संस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले बिद्यार्थीहरुलाई आगामी यात्राको शुभकामना दिदै चिकित्सा शिक्षाको भर्ना प्रक्रिया लामो तथा झनझटिलो भएको र बिद्यार्थीहरु लामो समय कुर्नुपर्ने कार्यलाई सहज गराउन सम्वन्धित निकायहरुलाई सुझाउनु भयो । साथै संस्थाले प्राप्त गरेका महत्वपूर्ण शैक्षिक उपलब्धिहरुको जर्गेना गर्नुपर्ने बताउनु भयो । साथै शुभकामना मन्तव्य क्रममा नेपाल नर्सिङ परिषदका अध्यक्ष प्रा. मुना रानाले क्याम्पसको स्तरिय पठन पाठनको खुलेर प्रशसा गर्नु भयो । त्यस्तै नेपाल स्वास्थ्य व्यवसाथि परिषदका अध्यक्ष डा. सुवोध कुमार शर्माले चिकित्सा शिक्षा आयोगको परीक्षा प्रणालीलाई सुधार गर्न सम्बन्धित निकायलाइ सुझाउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित बिशेष अतिथि, अतिथि लगायत सवैलाई स्वागत गर्दै क्याम्पसको सक्षिप्त परिचय समेत गराउनु भयो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष डा. बंशिधर मिश्रले उपस्थित प्रमुख अतिथि लगाायत सवै अतिथिहरु, शिक्षक, कर्मचारी तथा बिद्यार्थीलाई हार्दिक बद्याई दिदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा योगदान पुराउने हुने शिक्षक कर्मचारी, बिद्यार्थी व्यवस्थापन समिति लगायत अन्य सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि लगायत बिशिष्ट अतिथि, अध्यक्ष, उपाध्यक्षहरुले सामुहिक रुपमा क्याम्पसको मुखपत्र बिमोचन समेत गर्नुभयो ! त्यस्तै कार्यक्रममा क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी मध्ये वाट बर्ष शिक्षक रुपमा जनस्वास्थ्य बिभागका सुदिप खनाल, बर्ष कर्मचारी रुपमा राम बहादुर खड्का र बर्ष बिद्यार्थीको रुपमा शशि बस्याललाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा मनमोहन स्मृति , प्रा. बिष्णु भट्टराई, प्रा. हरिदेउसा राई छात्रवृति वितरण, उत्कृष्ट बिद्यार्थी सम्मान, बिद्यार्थी अनुसन्धान अनुदान, शिक्षक अनुसन्धान अनुदान र त्रिभुवन विश्वविद्यालयको बार्षिक परीक्षामा सर्वोकृष्ट अंक ल्याउने बिद्यार्थी सम्मान, त्रिभुवन विश्वविद्यालयको आगिंक तथा सम्वन्धन प्राप्त क्याम्पसहरु अन्तर क्याम्पस निवन्ध प्रतियोगितामा उत्कृष्ट पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत बि. एस .सी नर्सिङ कि छात्रा कृति सिग्देललाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा लेखा तथा सुपरीबेक्षण समितिका सयोजक दुर्गा प्रसाद आचार्य , नेको नेपालका सहसचिव हरि कुमार श्रेष्ठ, सदस्य रामहिरा पाठक, कपिल देव रिमाल ,प्रमुख कार्यकारी अधिकृत गोपाल कृष्ण श्रेष्ठ , मनमोहन मेमोरियल शिक्षण अस्पतालका मेट्रोन बिभा श्रेष्ठ , लोमस फर्मास्युतिकल्सका मेनेजर श्रीराम रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यकममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले गर्नु भएको थियो ।