NOTICES
MMIHS MMIHS

Student Quality Circle (SQC) पुनर्गठन सम्पन्न

Student Quality Circle (SQC) पुनर्गठन सम्पन्न

क्याम्पसको Student Quality Circle (SQC) पुनर्गठन गरिएको छ। कमिटिका संयोजक शशी बस्यालको अध्यक्षतामा बैठक बसि पूर्नगठित नया कमिटिलाई बधाई तथा निवर्तमान कमिटिलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्तव्य राख्ने क्रममा नव गठित कमिटिलाई बधाई तथा निवर्तमान कमिटिलाई धन्यवाद ज्ञापन गर्दै कमिटिले क्याम्पसको गुणस्तरता कायम गर्न पुराएको योगदानको उच्च प्रशसा गर्दै नव गठित कमिटिले समेत त्यस्तै कार्य सम्पादन गर्ने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र, बिभागिय प्रमुख प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, सोमकान्त वराल, दिप्ती पिया बानिया शिक्षक सल्लाहकार सुदिप खनाल, सह प्रशासक सचित कुइकेलको उपस्थिति रहेको थियो ।
नवगठित कमिटिमा निम्न अनुसार रहेको छ ।
संयोजक
तुलसी थापा
सह संयोजक
अस्मिता भट्ट
सदस्यहरु
मुना कुसुम
बिवेक राना
अभिषेक सिंह
आलोक यादव
खुशी घिमिरे
मधु थनैत
अस्मिता कुमारी यादव

26 Feb 2026