NOTICES
MMIHS MMIHS

स्नातक तहको बिभागिय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

स्नातक तहको बिभागिय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

यस क्याम्पसको शैक्षिक सत्र २०८२।०८३ सालको स्नातक तहका नव आगन्तुक बिद्यार्थीहरुको लागि बिभागिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख डा धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुखले संक्षिप्त परिचय गराउनु भई बिद्यार्थीहरुले क्याम्पस पालना गर्नुपर्ने (Code of Conduct) आचार संहिताका वारेमा बताउनु भयो । उक्त कार्यक्रममा क्याम्पसमा सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र, बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, सोमकान्त बराल, दिप्ती पिया बानिया तथा कोअर्डीनेटर शिक्षक शिक्षका तथा प्रशासनिक बिभागका प्रमुखहरुको उपस्थिति रहेको थियो । संक्षिप्त कार्यक्रम प्रस्चात बिभागिय प्रमुख र कोअडीनेटरहरुले बिद्यार्थीहरुलाई बिभागिय अभिमुखिकरण गराउनु भएको थियो । कार्यकममा स्नातक तहका B. Sc. Nursing, BNS, B. Pharmacy, BPH, B.Sc MLT लगभग सम्पूर्णको उपस्थिति रहेको थियो ।

26 Feb 2026