NOTICES
MMIHS MMIHS

बृक्षारोपण कार्यक्रम सम्पन्न ।

बृक्षारोपण कार्यक्रम सम्पन्न ।

क्याम्पसको हरियाली तथा सरसफाई कमिटिको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा.बशिधर मिश्र, अतिथिहरु संस्थाका उपाध्यक्ष इ. गम्भिरलाल श्रेष्ठ, क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनाल, बिभागिय प्रमुख प्रा.मन्दिरा वन्त, जनस्वास्थ्य बिभागका प्राध्यापक दुर्गा खड्का मिश्र, बिभागिय प्रमुखहरुडा.खड्ग बहादुर श्रेष्ठ, सोमाकान्त बराल, दिप्ती पिया बानियाको आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि डा.बशिधर मिश्रले बृक्षारोपणले हरियाली तथा अक्सिजन उत्पादनमा बृद्धि भई मानव स्वास्थ्यलाई थप फाइदा हुने र फार्मेसी बिषयमा औषधी जन्य बिरुवाहरु अध्यापन गराइने अभिप्रायले बृक्षारोपण कार्यक्रम आयोजना गरिएको मा शिक्षक तथा बिद्यार्थीहरुको प्रंसशा गर्नु भएको थियो भने उपाध्यक्ष इ. गम्भिरलाल श्रेष्ठले बिरुवा रोपेकोमा खुशी व्यक्त गर्दै बिद्यार्थीहरुले यसको हेरचाह गरि तपाइहरुको बृद्धि बिकाश जस्तै बिरुवाको पनि त्यस्तै होस भन्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष डा.धर्म प्रसाद खनालले फार्मेसी बिषयमा शिक्षण सिकाईमा प्रयोग हुनेृ बिरुवा बृक्षारोपण गरिएकोमा कमिटि तथा बिद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसमा कार्यरत फयाकल्टी, कर्मचारी तथा बिधार्थीहरुको उल्लेख्य उपस्थितिमा रहेको थियो । उक्त कार्यक्रमको संयोजन हरियाली तथा सरसफाई कमिटिका संयोजक बेचन राउतले गर्नुभएको थियो ।

13 Aug 2025