MMIHS
            
MMIHS Alumni Asssociation, Manmohan Pharmacy Students Association (MPSA) र क्याम्पसको ग्रिनरी कमिटिको आयोजनामा बृक्षारोपण कार्यक्रम ग्रिनरी कमिटिका संयोजक मिजला बज्राचार्यको अध्यक्षतामा तथा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा. बशिधर मिश्रको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालको बिशेष आतिथ्यता सम्पन्न भएको छ । कार्यक्रममा बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, फयाकल्टी कर्मचारीहरु तथा बिधार्थीहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा फार्मेसी बिषय संग सम्वन्धित बनस्पतिहरुको बृक्षारोपण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. बशिधर मिश्रले बिधार्थीहरुले आज यस बिशेष महत्व रहेको गुरु पूर्णिमाको अवसरमा अत्यन्तै सराहनिय कार्य गरेकोमा बिद्यार्थीहरुको प्रंसशा गर्नु भएको थियो भने बिशेष अतिथि डा. धर्म प्रसाद खनालले बातावरण जोगाउने तथा शिक्षण सिकाईमा फाइदा हुने प्रकारको वोटविरुवा लगाउन प्रयास गरिएकोमा कमिटि तथा बिद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।