MMIHS
            
मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बनभोज कार्यक्रम मिति २०८१ चैत्र ९ गते शंकरापुर ८, बज्रयोगिनी मन्दिर नजिक, ट्रि हाउस रिसोर्टमा सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा शिक्षक कर्मचारीरुको बीच मनोरञ्जन गर्ने उद्धेश्यले सम्पन्न गरिएको खेलहरु म्युजिकल चेयर, बिंगो र घैटो फुटाउने खेल खेलाइएको थियो । म्यूजिकल चेयर तर्फको बिजेता सरस्वती मानन्धर त्यस्तै बिंगो खेल तर्फ फुल हाउस बिजेता प्रतिक्षा तामाङ्ग, फस्ट लाइनर ऋणु श्रेष्ठ, सेकेन्ड लाइनर सन्ध्या बस्नेत, थर्ड तथा फोर्थ लाइनर सोमकान्त बराल बिजेता हुनुभएको थियो । बिजेताहरुलाई नगद पुरस्कार बितरण संस्थाका अध्यक्ष डा. बशिधर मिश्र, उपाध्यक्ष जीवन प्रकाश शर्मा र व्यवस्थापन समिति सदस्य श्याम बहादुर श्रेष्ठ , क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल तथा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सका क्याम्पस प्रमुख डा. राधा पौडेलले गर्नुभएको थियो ।