NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

स्नातक तहको अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

स्नातक तहको अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

यस क्याम्पसको शैक्षिक सत्र २०८१।०८२ सालको स्नातक तहका नव आगन्तुक बिद्यार्थीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. बशिधर मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को प्रमुख अतिथि त्रि।वि चिकित्सा शास्त्र अध्ययन सस्थानका डीन प्रा.डा. मोहनराज शर्माले नव आगन्तुक बिद्यार्थीहरुलाई मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् जस्तो २ पटक उत्र्कष्ट क्याम्पस पुरस्कार र विश्वविद्यालय अनुदान आयोग वाट प्रत्यान्कृत (Accredited) सस्थामा अध्ययन गर्ने अवसर पाएकोमा बधाई दिदै क्याम्पस को समेत उच्च प्रशंसा गर्नु भयो । बिदेश जादैमा सवैकुरा प्राप्त नहुने भएकाले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्न उच्च शिक्षा प्रदायक सस्थाहरु भएकाले नेपालमै अध्ययन गरि आफुलाई अव्वल र योग्य जनशक्तिको रुपमा स्थापित गर्न सुझाव दिनु भयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा। बशिधर मिश्रले बिद्यार्थीहरुलाई स्वागत गर्दे आफनो उद्धेश्य पूरा गर्नको लागि मेहनत गरी अध्ययन कार्यमा लाग्न सुझाव दिनु भयो । संस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले उत्कृष्ट क्याम्पसमा अध्ययन गर्ने अवसर पाएकोमा आफुलाई गौरावान्वित महशुस गर्नु पर्ने बताउदै सफलताको लागि निरन्तर मेहनतका साथ अग्रसर हुन अनुरोध गर्नु भयो र समाजमा देखिएको नकारात्मक भाष्यलाई परिवर्तन गरि गुणस्तरीय उच्च शिक्षा नेपालमै सम्भव भएकोले आआफनो क्षेत्र वाट योगदान गर्नु पर्ने बताउनु भयो । सस्थाका उपाध्यक्ष इ।गम्भिर लाल श्रेष्ठले बिद्यार्थीहरुलाई निधक्क भई अध्ययन गर्न अनुरोध गर्दै आवश्यकता अनुसार बिद्यार्थीको चौतर्फी बिकाशका लागि हर प्रकारको सहयोग गर्न संस्था तत्पर रहेको बताउनु भयो । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले नव आगन्तुक बिदार्थीहरुलाई स्वागत गर्दै आफनो अध्ययन अवधी भर अनुशासित र लगनशिल भई अध्ययन गर्न बिद्यार्थीहरु लाग्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा क्याम्पस का गतिविधिहरु वारे स्नातकोत्तर तथा अन्तराष्टिय समन्वय बिभागका प्रमुख डा. सुमन चन्द गुरुङ्गले प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रम पूर्व बिद्यार्थीहरुलाई व्यक्तित्व बिकास, उत्पेरणात्मक कक्षा, कानुनी साक्षरता, स्वास्थ्य खानपानको महत्व, बिद्यार्थीहरुको लागि आवश्यक नैतिक शिक्षा, आचरण र अनुशासन तथा असल नागरिक कसरी बन्ने वारेमा सम्वन्धित बिशेषज्ञहरुवाट ४ दिन प्रशिक्षण गरिएको थियो । सो अवसरमा हास्य कलाकारहरु वाट बिद्यार्थीहरुलाई मनोरञ्जन दिइएको थियो ।

23 Jan 2025