NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

१८ औ वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न ।

१८ औ वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न ।

 
यस क्याम्पसको १८ औ बार्षिकोत्सवको अन्तिम दिनको औपचारिक कार्यकम भव्यताका साथ सम्पन्न भएको छ । सस्ंथाका अध्यक्ष डा. बशिंधर मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेलले पानसमा बत्ति वाली कार्यक्रमको उदघाटन गर्नुभयो । मन्त्री पौडेलले उटघाटन मन्तव्यका क्रममा नेपालका पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित यस क्याम्पसले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको चर्चा गर्दै गुणात्मक शिक्षा अभिबृद्धिमा संस्थाले प्राप्त गरेको उच्च सफलताको खुलेर प्रंशसा गर्नुभयो । स्वास्थ्य मन्त्रीको हैसियतमा स्वास्थ्य बिमा कार्यक्रम जनस्तरमा पुराउने योजना भएको धारणा राख्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य माननीय राजेन्द्र प्रसाद पाण्डेले संस्थाले ३ पटक राष्टिय रुपमा उत्कृष्ट पुरस्कार र विश्वविद्यालय अनुदान आयोगवाट QAA को प्रमाणपत्र प्राप्त गरेकोले संस्थाले उच्च शिक्षामा महत्वपूर्ण खुडकिला पार गरेको बताउनु भयो । संस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत र बिदाई हुन लागेका बिद्यार्थीहरुलाई आगामी यात्राको शुभकामना दिदै चिकित्सा शिक्षाको लागि नेपाल उर्वर भूमि भएकाले चिकित्सा शिक्षा ऐनका केहि प्रावधानहरु शंसोधन गर्नुुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजका सहायक डीन प्रा. तक्मा के.सीले बार्षिकोत्सव कार्यक्रमको सफलताको शुभ कामना दिनु भयो । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डीन प्रा. दुर्गा मिश्रले बिद्यार्थीहरु पठनपाठनका अतिरिक्त खेलकुद तथा साँस्कृतिक कार्यक्रममा पनि उत्साहपूर्वक लाग्नु पर्ने बताउनु भयो । संस्थाका उपाध्यक्ष इ. गम्भिरलाल श्रेष्ठले कार्यकममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिहरुलाई धन्यवाद दिदै संस्थाले प्राप्त गरेका महत्वपूर्ण शैक्षिक उपलब्धिहरुको जर्गेना गर्नुपर्ने बताउनु भयो । सो अवसरमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रमुख कार्यकारी निर्देशक डा. नास्तु शर्माले अस्पतालले गुणस्तरिय सेवा प्रदान गरिरेको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै क्याम्पसले हालसम्म २२०० दक्ष जनशक्ति उत्पादन गरिसकेको बताउनु भयो । चिकित्सा शिक्षा आयोगका का. वा उपाध्यक्ष प्रा. डां सुजनवावु मरहट्टाले चिकित्सा शिक्षाका केहि बिद्यामा बिद्याथी संख्था घटदै गएकोले विश्वबजार अनुकुल प्रविधि मैत्री पाठ्यक्रम बनाउन पर्ने बताउनु भयो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष डा. बंशिधर मिश्रले उपस्थित प्रमुख अतिथि लगाायत सवै अतिथिहरु, शिक्षक, कर्मचारी तथा बिद्यार्थीलाई हार्दिक बद्याई दिदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा योगदान पुराउने हुने शिक्षक कर्मचारी, बिद्यार्थी व्यवस्थापन समिति लगायत अन्य सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि लगायत बिशिष्ट अतिथिहरु, अध्यक्ष, उपाध्यक्षहरुले सामुहिक रुपमा क्याम्पसको मुखपत्र बिमोचन, त्यसै क्याम्पसको QAA प्रक्रियामा महत्वपूर्ण कार्य सम्पादन गरेवापत आन्तरिक सुनिश्चितता समितिको संयोजक सह प्राध्यापक जीवन प्रकाश शर्मा तथा कर्मचारीको रुपमा सह प्रशासक सचितकुमार कुइकेललाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा मनमोहन स्मृति छात्रबृति, प्रा. बिष्णु भट्टराई छात्रबृति, प्रा. हरिदेउसा राई छात्रवृति वितरण, उत्कृष्ट बिद्यार्थी सम्मान, बिद्यार्थी अनुसन्धान अनुदान, शिक्षक अनुसन्धनन अनुदान र त्रिभुवन विश्वविद्यालयको बार्षिक परीक्षामा सर्वोकृष्ट अंक ल्याउने बिद्यार्थी सम्मान, त्रिभुवन विश्वविद्यालयको आगिंक तथा सम्वन्धन प्राप्त क्याम्पसहरु अन्तर क्याम्पस निवन्ध प्रतियोगितामा उत्कृष्ट जानकी मेडिकल कलेजका बिद्यार्थी दिक्षा सुवदीलाई सम्मान गर्नुभयो । उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय केशव पोखरेल, लेखा तथा सुपरीबेक्षण समितिका संयोजक र सदस्य र नेको नेपालका पदाधिकारी र सदस्य र क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृत, मनमोहन मेमोरियल मेडिकल साइन्सका क्याम्पस प्रमुख लगायतको उपस्थिति थियो । कार्यकममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बार्षिकोत्सवका अवसरमा क्याम्पसले खेलकुद सप्ताह, अतिरिक्त क्रियाकलाप तथा रक्तदान कार्यकमहरु पनि आयोजना गरेको थियो ।

 

20 Feb 2025