NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS Received QAA

MMIHS Received QAA

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् लाई QAA प्रमाणपत्र प्राप्त

विश्वबिद्यालय अनुदान आयोगले एक औपचारिक समारोहका बीच नेपाल स्वास्थ्य सेवा सहकारी सस्था लि द्रारा संचालितत्रिभुवन विश्वविद्यालय वाट सम्वन्धन प्राप्त गरि चिकित्सा शास्त्र अध्ययन सस्थानको प्राज्ञिक नियन्त्रणमा रहि संचालनका रहेको मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् सोल्टीमोडकाठमाण्डौलाई सस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA ) को प्रमाणपत्र प्रदान गरेको छ । आयोगको सभाकक्ष सानोठिमी भक्तपुरमा आयोजित उक्त कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. वंशिधर मिश्रक्याम्पस प्रमुख डा.धर्म प्रसाद खनाल तथा क्याम्पस पदाधिकारीहरुलाई उक्त प्रमाणपत्र प्रदान गर्दै क्याम्पसले आगामी दिनमा आयोगको उद्धेश्य अनुसार गुणस्तरका लागि थप प्रभावकारी कदमहरु चाल्नु पर्ने बताउदै क्याम्पस परिवारलाई हार्दिक बधाई दिनु भयो । उक्त कार्यक्रममा आयोगको सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारीले कार्यक्रममा उपस्थित सवैलाइ स्वागत गर्दै प्रमाण पत्र प्राप्त क्याम्पसलाई बधाई दिनु भयो ।

सो अवसरमा क्याम्पसको तर्फवाट सस्थाका उपाध्यक्ष तथा आन्तरिक गुणस्तर सुनिश्चतता समितिका प्रमुख सह.प्राध्यापक जीवन प्रकाश शर्माले संस्थाको परिचय दिदै यसले गरेका उपलब्धीहरुको सक्षिप्त चर्चा सहित गुणस्तर सुनिश्चितता प्रत्याययनको प्रमाणपत्र प्राप्त गर्नको लागि बिगत ५ बर्ष देखि गरिएका प्रयत्नहरुको चर्चा गर्नु भयो र आयोगले क्याम्पसलाई गुणस्तर सुनिश्चतताको लागि छनौट गरेकोमा धन्यवाद दिदै PRT ले क्याम्पस अवलोकनका क्रममा गुणस्तर अभिबृद्धिका लागि दिएका सुझावहरुलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा शैक्षिक गुणस्तर प्रत्यायनका निर्देशक प्रा.डा. रेजिना मास्केले सस्थाको QAA यात्राको तथ्याक प्रस्तुत गर्नु भयो । संस्थाको Peer Review Team का संयोजक प्रा. डा. गणेश बहादुर गुरुगले क्याम्पसलाई बधाई दिदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् लेआफुले अवलोकन गर्दा अनुसन्धानात्मक क्रियाकलापप्रकाशनको नियमितताअन्तराष्टिय सम्वन्ध स्थापनामा उल्लेखनिय कार्य गरेको पाइएको बताउदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिबृद्धिमा थप योगदानको अपेक्षा गरेको बताउनु भयो । चिकित्सा शास्त्र अध्ययन सस्थानका नवनियुक्त डीन प्रा. डा. मोहनराज शर्माले QAA प्रमाणपत्र प्राप्त क्याम्पसलाई हार्दिक बधाई दिदै सस्थान अन्तर्गत ४ वटा क्याम्पसले QAA प्रमाणपत्र प्राप्त गरेको जानकारी दिदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् ले आगामी दिनमा अनुसन्धानका गतिविधिहरुमा थप जोड दिनु् पर्ने बताउनु भयो । सो कार्यक्रममा PRT का सदस्यहरु प्रा. सुलोचना श्रेष्ठनविना चौलागाई तथा आयोगका सम्वन्धित कर्मचारीहरु र क्याम्पस व्यवस्थापन समितिका सदस्यहरुपूर्व क्याम्पस प्रमुख र क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चितता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

06 Jan 2025