NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS को १३औं बार्षिकोत्सव सम्पन्न

MMIHS को १३औं बार्षिकोत्सव सम्पन्न

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १३ औं बार्षिकोत्सव आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय् शिक्षा विज्ञान तथा प्रविधी मन्त्री श्री गिरीराजमणी पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै कलेजले स्वास्थ्य विज्ञानका १३ वटा कार्यक्रमहरु संचालन गरी गुणस्तरीय शिक्षामा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै गतवर्ष उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको स्मरण गर्दै सो उत्कृष्टताकोलागि मन वचन र कर्मले सहयोग गर्ने कलेज व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीलाई धन्यवाद दिदैं प्रशंसा गर्नु भयो तर कलेजले एम बी बी एस कार्यक्रम संचालन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै राजनीतिको कारणले उक्त कार्यक्रम स्वीकृत नभएको बताउनु भयो । यसकालागि व्यवस्थापन समिति सँग छलफल गरि समस्या समाधान गर्ने वचनवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमको अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष माननीय राजेन्द्र प्रसाद पाण्डेले कलेजको बार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिनु भयो र गुणस्तरीय शिक्षा प्रदानगर्ने कार्यमा कलेज सदैव कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कलेजका उपाध्यक्ष श्री जीवन प्रकाश शर्माले कलेजको शैक्षिक इतिहास बताउँदै सहकारीबाट संचालित यस कलेजले भोग्नु परेका व्यवहारिक नीतिगत समस्याहरु माथि प्रकाश पार्दै उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिदै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो ।

यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चिकित्साक्षेत्रका कलेजहरुमा ३ महिना पठनपाठन ढिलो हुन गएकोमा ध्यानाकर्षण गराउनु भयो । उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रतिनिधी डाकुरनाथ पराजुली र चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा.मन्दिरा वन्तले मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

क्याम्पस प्रमुख प्रा.विष्णु भट्राई कार्यक्रममा उपस्थित विद्यार्थी शिक्षक कर्मचारी तथा अतिथिज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उक्त अवसरमा कलेजको सोभनियर पनि विमोचन गरियो साथै दूई जना विद्यार्थीहरुलाई मनमोहन स्मृति छात्रवृति समेत वितरण गरियो । बार्षिकोत्सवको अवसरमा ७ दिन सम्म कलेजले निःशुल्क स्वास्थ्य परिक्षण तथा अतिरिक्त क्रियाकलाप समेत सम्पन्न गरेको थियो ।

24 Apr 2023