NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS को १२औ बार्षिकोत्सव सम्पन्न

MMIHS को १२औ बार्षिकोत्सव सम्पन्न

उपप्रधान तथा रक्षा मन्त्री माननिय ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १२औ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री माननिय ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटनमा गर्दै उपप्रधान पोखरेलले कलेजले १२ वर्षको अवधीमा गरेको उल्लेखनीय प्रगतिको प्रंशसा गर्नु भयो र कलेजले पुर्वाधार लगाएत सम्पूर्ण प्रकृया पुरा गरि सकेकाले MBBS कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गराउने दिशामा सरकार लागि पर्ने दृढता ब्यक्त गर्नु भयो ।

अध्यक्ष तथा प्रदेश सभा सांसद राजेन्द्र प्रसाद पाण्डेले कलेजले लगातार २ वर्ष उत्कृष्ट कलेजको रुपमा सम्मानित हुनुले कलेजको गुणस्तरियता प्रमाणित गरेको बताउनु भयो । समारोहमा चिकित्शा शास्त्र अध्ययन सस्थान का डीन प्रा.डा. जगदिश प्रसाद अग्रवाल र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपाध्यक्ष डा। कुल बहादुर बस्नेतले कलेजको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा २०७४ सालको उत्कृष्ट शिक्षक,कर्मचारी र बिद्यार्थीहरुलाई सम्मानित गरियो साथै कलेजको सोभिनियर को विमोचन र कलेजको Apps को पनि शुभारम्भ गरि कलेजलाई प्रविधि मैत्रि बनाउने घोषणा गरियो ।

कलेजका उपाध्यक्ष डा. बश्धिर मिश्रले शुभकामना ब्यक्त गर्नुभयो भने अर्का उपाध्यक्ष जीवन प्रकाश शर्माले कार्यक्रममा उपस्थित सवै महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।अन्तमा क्याम्पस प्रमुख प्रा।बिष्णु भट्टराइले कार्यम्रमा उपस्थित अतिथि लगायत सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भयो । नेपाल स्वास्थ्य सेवा सहकारी सस्था लि दारा संचालित उक्त कलेजमा स्वास्थ्य बिज्ञानका प्रमाणपत्र तह देखि स्नातकोत्तर तह सम्मका १२ कार्यक्रमहरु संचालन भै रहेका छन । उक्त कार्यक्रममा कलेजका बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम पनि प्रर्दशन गरेका थिए ।

24 Apr 2023