NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

स्नातक तहको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

स्नातक तहको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको शैक्षिक सत्र २०७७।०७८स्नातक तहको अभिमुखिकरण आज सम्पन्न भएको छ । क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रा.डा सुजन वावु मरहट्टाले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्नुभयो । चिकित्सा शास्त्र अध्ययन संस्थान महारांजगजका पूर्व सहायक डीन तथा बिशेष अतिथि प्रा. मन्दिरा वन्तले बिद्यार्थीहरुलाई क्याम्पसमा अध्ययन गर्न अवसर प्राप्त गरेकोमा भाग्यमानी भएको धारणा ब्यक्त गर्दै यस क्याम्पसको शैक्षिक स्तर अत्यन्तै उच्च भएकाले बिद्यार्थीहरुका आकाक्षा अनुकुल पठनपाठन हुने बिश्वास व्यक्त गर्नुभयो । नव आगन्तुक बिद्यार्थीको तर्फ वाट शोसन पौडेलले क्याम्पस पठनपनठन उत्कृष्ट भएको पूर्व बिद्यार्थी दाजुहरुवाट थाहा पाएकाले नै आफनो लागि क्याम्पस रोजाईमा परेको बिचार ब्यक्त गर्नुभयो । फार्मेसी बिभागका प्रमुख डा. धर्म प्रसाद खनालले बिद्यार्थीहरुलाई प्रशिक्षित गर्दै आधुनिक प्रविधिको प्रयोग शैक्षिक प्रयोजनको लागि गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि कार्यवाहक अध्यक्ष तथा क्याम्पसका संयोजक जीवन प्रकाश शर्माले नवआगन्तुक बिद्यार्थीहरु लाई स्वागत गर्दै संस्थाको इतिहास वारे चर्चा गर्नुभयो । संस्थाले गुणात्मक शिक्षा प्रदान गरेका कारणले २०७५ सालमा उत्कृष्ट क्याम्पस पुरस्कार प्राप्त गरेको बताउनु भयो । ज्ञान, सीप र सिकाई केन्द्रको रुपमा क्याम्पस विकसित हुदै गएकाले भविष्यमा विश्वविद्यालयमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी गराउनु भयो र बिद्यार्थीहरुको अध्ययन उपलब्धधीमुलक हुने विश्वास ब्यक्त गर्नुभयो । नसिङ्ग बिभागका प्रमुख प्रा। बिनु बिष्टले उपस्थित बिशेष अतिथि लगायत नवआगन्तुकको बिद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
 
 

24 Apr 2023