NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS को १५औ वार्षिकोत्सव सम्पन्न ।

MMIHS को १५औ वार्षिकोत्सव सम्पन्न ।

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सोल्टीमोड काठमाडौले आफनो १५औ वार्षिकोत्सव भव्य कार्यक्रमका साथ सम्पन्न गर्यो । उक्त कार्यक्रमको उदघाटन प्रमख अतिथी तथा वागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेले पानसमा बत्ती वालेर गनुभयो आफनो मन्तन्व्यको क्रममा प्रमुख अतिथिले २०६४ सालमा स्थापना भएको यस क्याम्पसले गुणस्तरीय तथा सीप मुलक शिक्षा प्रदान गर्न सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै यस कार्यमा सम्लग्न व्यवस्थापन समिति शिक्षक, बिद्यार्थी, कर्मचारी र अभिभावकहरुलाई धन्यवाद दिनु भयो र संस्थाको उत्तरोत्तर प्रगतिको कामना र आगामी बर्ष क्याम्पस विश्वविद्यालयमा रुपान्तरण हुन सक्ने बताउनु भयो र सस्थाको कार्यवाहक अध्यक्ष जीवन प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षले सस्थाको प्रगति विवरण प्रस्तुत गर्दे भविष्यको योजना सहित उत्कृष्ट तथा छात्रवृति प्राप्त बिद्यार्थीहरुलाई बधाई दिनुभयो । अवको शिक्षा सीपमा आधारित प्रतिस्प्रधात्मक हुनुपर्ने बताउनु भया । उक्त कार्यक्रमका बिशेष अतिथी तथा चिकित्सा शास्त्र अध्ययन सस्थानका सहायक डीन प्रा। डा प्रदिप बैधले यस क्याम्पसले पढाउने गरेको शिक्षा उत्कृष्ट रहने गरेको वताउदै यस कार्यमा आफुलाई समर्पित गर्न सवैलाई धन्यवाद दिदै यस क्याम्पसको आगामी दिनहरु सफलतापुर्वक अघि बढने विश्वास व्यक्त गर्नुभयो उक्त कार्यक्रममा सविधान सभा सदस्य तथा पूर्वराजदुत डा बशिधर मिश्र, मनमोहन शिक्षण अस्पतालका प्रवन्ध निर्देशक केदार सेन्चुरी, नेपाल नसिङ्ग परिषद्का अध्यक्ष सरला के।सी नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेले शुभकामना मन्तव्य दिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख प्रा। डा। सुजन वावु मरहट्टा, रकार्यक्रमको समापन क्याम्पस प्रमुख प्रा। बिष्णु भट्टराईले गर्नु भयो । कार्यक्रममा निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने विद्यार्थी र यस वर्षको उत्कृष्ट शिक्षिका राधा कुमारी पौडेल  र उत्कृष्ट कर्मचारी गंगा वानिया  लाई प्रमुख अतिथीले प्रमाण पत्र तथा दोसल्ला ओडाई अभिनन्दन गर्नुभयो साथै सो अवसरमा बहाले MMIHS सोभिनियर बिमोचन तथा मनमोहन स्मृति छात्रवृति र हरि देउसा राई छात्रवृति प्राप्त बिद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गर्नुभयो । त्यस्तै विश्वविद्यालयको अन्तिम परीक्षामा क्याम्पस वाट उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमाण पत्र तथा सिल्ड प्रदान गर्नुभयो । सथै क्याम्पसले क्याम्पस दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

 
 

 

24 Apr 2023