NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

Post Graduate Level को Orientation Program सम्पन्न

Post Graduate Level को Orientation Program सम्पन्न

Manmohan Memorial Institute of Health Sciences को शैक्षिक सत्र ०७८।०७९ को PG Level को Orientation Program आज सम्पन्न भएको छ । सस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा वाग्मती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेले Master in Nursing, Master in Public Health र Ms.clinical Biochemistry मा भर्ना भएका नव आगन्तुक बिद्यार्थीहरुलाई हार्दिक स्वागत गर्दै बिद्यार्थीहरुको रोजाई सहि भएकाले सफलताको शुभकामना दिनुभयो र अहिले भर्ना भएका बिद्यार्थीहरुले अध्ययनको समाप्ती पछि मनमोहन अधिकारी विश्वविद्यालयको प्रमाणपत्र प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा सहायक क्याम्पस प्रा.डा सुजन वावु मरहट्टाले क्याम्पसको वारेमा प्रस्तुतिकरण गर्नुभयो भने बिभागिय प्रमुख दुर्गा मिश्र पव्लिक हेल्थ, डा महेन्द्र प्रसाद भट्ट ल्याव मेडिसिन र प्रा. मन्दिरा वन्त, कार्यक्रम संयोजक नसिङ्ग बिभागले आ आफनो बिषयको वारेमा नव आगन्तुक बिद्यार्थीहरुलाई जानकारी गराउनु भयो । नेको नेपालका अध्यक्ष डा. बशीधर मिश्रले बिद्यार्थीहरुलाई क्याम्पसमा हार्दिक स्वागत गर्दै संस्थाको उदेश्य अनुसार लगनशील र मेहनतपूर्वक अध्ययन कार्यमा लाग्न सुझाव दिनुभयो । बिशेष अतिथि तथा राजश्री जनक विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. भरत झाले क्याम्पसले प्रदान गरेको शिक्षा गुणस्तरिय भएकाले बिद्यार्थीहरुको भविष्य उज्जवल हुने धारणा व्यक्त गर्नुभयो । चिकित्शा शास्त्र अध्ययन सस्थान महाराजगंजका सहायक डीन तथा बिशेष अतिथि प्रा. तक्मा केसीले IOMले पाठ्यक्रम समसामयिक सुधारका लागि प्रकिया अघि वढाएको जानकारी गराउदै यस क्याम्पसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विश्वविद्यालयहरु संग गरेको सहकार्य वाट बिद्यार्थीहरु लाभान्वित हुने बिचार व्यक्त गर्नुभयो । The University of Sheffield का बरिष्ठ उपप्राध्यापक तथा यस क्याम्पसका Visiting Faculty Dr Julie Balen ले बिद्यार्थीहरु भविष्यका नेता हुन भन्दै परिवर्तित प्रविधि संगै शिक्षण विधि (Pedagogy) पनि परिवर्तन भएकाले बिद्यार्थीहरुले एक अर्काको अनुभववाट धेरै कुराहरु सिक्न सक्ने बिचार व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्दै सभापति तथा उपाध्यक्ष जीवन प्रकाश शर्माले चिकित्सा शिक्षा आयोगको प्रतिस्पर्धात्मक परीक्षावाट सफल भै यस संस्थाको परिवारको सदस्यको रुपमा आवद्ध भएका नव बिद्यार्थीहरुलाई हार्दिक बद्याई दिदै चिकित्सा शिक्षाको दायरा फराकिलो र संवेदनशिल भएकाले आफनो अध्ययन अवधिलाई उत्पादनमुखी तथा सीपयुक्त र उच्च ज्ञान प्राप्त गर्ने दिशामा अग्रसर हुन सुझाव दिनुभयो ।

 
 

 

24 Apr 2023