NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

PG Level को अभिमुखकरण कार्यक्रम सम्पन्न ।

PG Level को अभिमुखकरण कार्यक्रम सम्पन्न ।

PG Levelको शैक्षिक सत्र २०७९।०८० को Orientation Program आज क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. सरद वन्त बिशेष अतिथि प्रा. चन्दकला शर्मा, नेको नेपालका उपाध्यक्ष जीवन प्रकाश शर्मा, सचिव डा. रामकुमार अधिकारी , प्रा डा. सुजन वावु मरहट्टा, बिभागिय प्रमुखहरु प्रा. मन्दिरा बन्त, डा.महेन्द्र प्रसाद भट्ट, डा. खड्ग बहादुर श्रेष्ठ को उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा लामो समयको प्रतिक्षा पश्चात भर्ना भएका नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै नेको नेपालका उपाध्यक्ष जीवन प्रकाश शर्माले लगनशिल तथा रचनात्मक र सिर्जनशिल भई आफनो लक्ष्य अनुकुल अगाडी बढन  सुझाव दिनु भयो ।  नेको नेपालका डा. रामकुमार अधिकारीले नव आगन्तुक बिद्यार्थीहरुलाई अनुसन्धानात्मक कार्यमा आफुलाई सरिक गराउन सुझाउनु भयो । प्रा.चन्द्रकला शर्माले मनमोहनले प्रदान गर्ने गुणात्मक शिक्षा लाई थप आर्कषक र समय सापेक्ष बनाउने कार्यमा लाग्न शिक्षक तथा बिद्यार्थीहरुलाई अनुरोध गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सरद वन्तले अवको शिक्षा २१ औ सताव्दी अनुकुलको बढि Librative हुनु पर्ने धारणा राख्दै नव आगन्तुक बिधार्थीहरु र शिक्षकहरुले आफुलाई एक अर्काको सहयोगी ठानी अगाडी बढनु पर्ने बिचार व्यक्त गर्नु भयो । प्रा.डा .सुजन वावु मरहठाले क्याम्पसको वारेमा परिचय तथा गतिविधिकरु वारे बिद्यार्थीहरुलाई प्रस्तुतिकरण मार्फत जानकारी गराउनु भयो । कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले अभिमुखिकरण गर्नुको उद्धेश्य माथि प्रकाश पार्दै क्याम्पसका नीति नियम तथा पद्धति वारे बिद्यार्थीहरुलाई जानकारी गराउनु भयो ।

 

15 May 2023