MMIHS
विश्वविधालय अनुदान आयोगको सहयोग तथा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको व्यवस्थापनमा Capacity Development Training on Empowering Faculty through AI-Enabled Pedagogy बिषयमा ३ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
क्याम्पस प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सस्थाका अध्यक्ष डा. बशिधर मिश्रले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गोष्ठी कार्यक्रममा सिकेको सिप शिक्षण सिकाईमा प्रयोग गरि बिद्यार्थीलाई अव्वल गराउन सुझाव दिनुभयो । संस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले AI को सहि सदुपयोग गरि आफनो मौलिकता पनि प्रयोग गरि शिक्षण सिकाई गर्न सुझाउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुहुने क्याम्पस प्रमुख ले सहभागि लगायत कार्यक्रम संयोजक तथा बिज्ञका रुपमा पाल्नुभएका व्यक्तित्वहरु सवैमा आभार व्यक्त गर्नुभयो । सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले यस्तो कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा विश्वविद्यालय अनुदान आयोग र कार्यक्रममा सम्लग्न सवैलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै बिभिन्न संस्थावाट सहभागिहरुले रहनु भएका व्यक्तित्वहरुले कार्यक्रम अत्यन्तै उपयोगि भएको भन्दै प्रंशसा गर्नु भयो ।