MMIHS
विश्वविधालय अनुदान आयोगको सहयोग तथा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको आयोजनामा Capacity Development Training on
Empowering Faculty through AI-Enabled Pedagogy बिषयमा ३ दिने कार्यशाला गोष्ठी प्रारम्भ भएको छ । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि विश्व विद्यालय अनुदान आयोग का पुर्व सदस्य सचिव भोलानाथ पोखरेलले फुलमा पानी सिचन गर्दै गोष्ठी उद्घाटन गर्दै हाल देशले AI मा फड्को मारिरहेको र यो बिषय अहिलेको जल्दोबल्दो बिषय रहेको हुदा गम्भिर भएर ग्रहण गर्न सुझाउनु भयो । उक्त कार्यक्रममा अध्यक्ष डा. बशिधर मिश्रले क्याम्पसले शिक्षकहरुको क्षमता बृद्धिमा यस्ता कार्यक्रमहरु आयोजना गरिने गरेको सुझाउनु भयो । संस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले विश्वविद्यालय अनुदान आयोगले क्याम्पसको शैक्षिक स्तरोन्नतिका लागि प्रत्यान्कृत, विश्वविद्यालय स्तरोन्नतीमा सिफारिस तथा शिक्षकहरुको क्षमता बृद्धिका लागि अनुदान लगायत कुरामा सहयोग गरेको कुरा बताउनु भयो । त्यस्ते उपाध्यक्ष इ. गम्भिरलाल श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगले अनुदान उपलब्ध गराएकोमा धन्यवाद दिदै तथा प्रत्यायन्कृत भएका क्याम्पसहरुलाई थप सहयोगका लागि विश्वविदालय अनुदान आयोगलाई अनुरोध गर्नु भयो । उद्घाटन सत्रको समापनमा कार्यक्रमको अध्यक्षता गर्नुहुने क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले बिभिन्न संस्थावाट सहभागि हुन आउनु भएका सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रममा स्रकिय भएर सहभागि हुन अनुरोध गर्नु भयो । उक्त गोष्ठीमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज, महाराजगंज नर्सिङ्ग क्याम्पस, नेपाली सेना स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जनमैत्री हेल्थ फाउन्डेसन, पिपल्स डेण्टल कलेज र निष्ट कलेज सहित ६ वटा क्याम्पसका ४० जना शिक्षकहरुको सहभागिता रहेको छ ।