NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

Oath Taking & White Coat Ceremony कार्यक्रम सम्पन्न

Oath Taking & White Coat Ceremony कार्यक्रम सम्पन्न

Student Quality Circle द्धारा स्नातक तहमा भर्ना भएका बिद्यार्थीहरुको लागि Oath Taking & White Coat Ceremony कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालज्यूको प्रमुख आतिथ्यता तथा Student Quality Circle का संयोजक तुलसी थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिशिष्ठ अतिथि सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र रहनु भएको थियो । बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, सोम कान्त बराल, दिप्ती पिया बानिया र कोअडीनेटर क्रमश सन्ध्या बस्नेत, सुदिप खनाल, राजेश ठाकुर, फर्सुराम अधिकारीले बिद्यार्थीहरुलाई White Coat लगाउदै सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक ज्ञानमा सीमित नराखी, उनीहरूलाई जिम्मेवार, नैतिकवान, सेवामुखी स्वास्थ्यकर्मीका रूपमा स्थापित गर्ने थियो । क्याम्पस प्रमुखले आफ्नो मन्तव्यका क्रममा स्वास्थ्य क्षेत्रमा काम गर्दा उच्च नैतिक मापदण्ड कायम राख्नु पर्ने, बिरामीप्रतिको संवेदनशीलता र पेशागत मर्यादा सधैं प्राथमिकतामा राख्नुपर्ने विषयमा उत्पेरित गर्नु भएको थियो । सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले कार्यक्रमको सफलता शुभकामना दिनु भएको थियो । कार्यक्रममा स्नातक तहका B. Sc. MLT, BNS, B. Sc. Nursing, B. Pharmacy र BPH कार्यक्रमका बिद्यार्थीहरुको White Coat लगाइ सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा सभापतित्व गर्ने तुलसी थापाले सम्पूर्ण उपस्थित अतिथिगण र बिद्यार्थीहरुलाई धन्यबाद व्यक्त गदै कार्यक्रम समापन गर्नु भएको थियो ।

27 Apr 2026