MMIHS
विश्व प्रयोगशाला दिवसको विशेष अवसर पारेर ल्याव मेडिसिन बिभागले अन्तर क्याम्पस बक्तृत्वकला Oratory प्रतियोगिता सम्पन्न गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजका सहायक डीन प्रा. डा. अभिमन्यू झाको प्रमुख आतिथ्यता तथा ल्याव मेडिसिन बिभागका प्रमुख सह प्राध्यापक सोमकान्त बराल को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय, पुवाञ्चल बिश्व विद्यालय र पोखरा विश्वविद्यालयका आगिंक तथा सम्वन्धन प्राप्त ६ वटा क्याम्पसहरुको सहभागितामा रहेको थियो । बक्तृत्वकला कार्यक्रमको निर्णायकका रुपमा ल्याव क्षेत्रमा अनुभवि व्यक्तित्व प्रा. डा. केशव पराजुली रहनु भएको थियो । निर्णायकले सहभागि बिद्यार्थीहरुको प्रस्तुतिकरण, हाउभाउ बिषयगतगत ज्ञान तथा समय लगायत बिविध कुराहरुलाई मध्यनगर गर्दै उत्कृष्ट बिद्यार्थी छनौट गर्नु भएको थियो । प्रथम मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज B.Sc MLT तेश्रो बर्षकी ऋतिका मानन्धर, द्धितिय महाराजगंज मेडिकल क्याम्पस B.Sc MLT चौथो बर्षकी एलिसा सुर्खेती र तृतिय MMIHS, B. Sc MLT प्रथम बर्षकी रिज्मा पन्थी रहेका छन । उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रमुख अतिथि, बिशेष अतिथि र निर्णायकले प्रमाणपत्र तथा नगद पुरस्कारले सम्मानित गर्नु भएको थियो । कार्यक्रमको समापन तथा पुरस्कार बितरण सत्रमा संस्थाका अध्यक्ष डा. बशिधर मिश्र, संस्थाका उपाध्यक्ष इ.गम्भिर लाल श्रेष्ठ,व्यवस्थापन समितिका सदस्य डा. रामकुमार अधिकारी, श्रीमति सानु कुमारी तुलाधर, सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र, बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, दिप्ती पिया बानियाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन सस्थान महाराजगंज, नेपाली सेना स्वास्थ्य बिज्ञान सस्थान भण्डारखाल , जनमैत्री हेल्थ फाउण्डेसन हात्तिवन ललितपुर, मोर्डन टेकिनकल कलेज सानेपा, ललितपुर, मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सोल्टीमोड, काठमाण्डौ को सहभागिता रहेको थियो ।