MMIHS
यस क्याम्पसको शैक्षिक सत्र २०८२।०८३ का लागि स्नातकोत्तर तहमा भर्ना भइ आएका नव आगन्तुक बिद्यार्थीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. बशिधर मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि त्रि.वि चिकित्सा शास्त्र अध्ययन सस्थानका सहायक डीन प्रा. डा. अभिमन्यू झाले बिभिन्न अन्तराष्टिय बिश्व विद्यालयहरु संग साझेदार रहेको तथा बिद्यार्थी,शिक्षक एक्सचेन्जको रुपमा बंगलादेश तथा बेलायत पठाएको र क्याम्पसको शैक्षिक गतिविधीका विवरणहरु असाध्यै राम्रो रहेको कुरा सुझाउदै क्याम्पसको प्रसशा गर्नुभयो । कार्यक्रममा नव आगन्तुक बिद्यार्थीहरुलाई विश्वविद्यालय अनुदान आयोग वाट प्रत्यान्कृत सस्थामा अध्ययन गर्ने अवसर पाएकोमा समेत बधाई दिनु भयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. बशिधर मिश्रले क्याम्पसले बिदेशी लगाएत नेपाली पूर्णकालिन, भिजिटिङ्ग शिक्षकहरुवाट उत्कृष्ट शिक्षा दिने हुदा बिद्यार्थीहरुलाई ग्रहण गर्न सुझाउदै आफनो उद्धेश्य पूरा गर्नको लागि मेहनत गरी अध्ययन कार्यमा लाग्न सुझाव दिनु भयो । संस्थाका उपाध्यक्ष इ.गम्भिरलाल श्रेष्ठ नव आगन्तुक बिद्यार्थी तपाईहरु स्नातकोत्तर तहमा अध्ययन गर्न आउनु भएको मर्यादित हुनुहुन्छ र स्नातक तहमा अध्ययन गर्ने भाइ बहिनीलाई पनि त्यस्तै कार्यमा लगाउन अभिप्रेरित गर्नुभयो । क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालले नव आगन्तुक बिदार्थीहरुलाई स्वागत गर्दै क्याम्पसको विवरण प्रस्तुतिकरण मार्फत जानकारी दिनु भयो । कार्यक्रममा व्यवस्थापन समितिका सदस्य डा.रामकुमार अधिकारी, श्रीमति सानु कुमारी तुलाधर, बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, कोअडीनेटर शिक्षकहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले संचालन गर्नु भएको थियो ।