नँया वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न ।
नँया वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न ।
नँया वर्ष २०८३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सस्थाका अध्यक्ष डा.बशिधर मिश्र, उपाध्यक्ष तथा सह प्राध्यापक जीवन प्रकाश शर्मा, उपाध्यक्ष इ.गम्भिरलाल श्रेष्ठले क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा बिद्यार्थीहरुलाई नँया वर्षको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा नेको नेपाल संचालक समिति सदस्य रामहिरा पाठक, सानु् कुमारी तुलाधर, कपिलदेव रिमाल, क्याम्पस व्यवस्थापन समितिका सदस्य डा.रामराज पन्थी , श्याम बहादुर श्रेष्ठ, राम बाबु कोइराला, सहायक क्याम्पस प्रमुख प्रा .दुर्गा खड्का मिश्र, बिभागिय प्रमुखहरु सोमकान्त बराल, दिप्ती पिया वानिया लगायत अन्य शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नवबर्ष २०८३ को शैक्षिक क्यालेण्डर समेत बिमोचन गरिएको थियो ।