NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

स्नातक तहको अभिमुखीकरण कार्यक्रम सम्पन्न !

स्नातक तहको अभिमुखीकरण कार्यक्रम सम्पन्न !

यस क्याम्पसको शैक्षिक सत्र २०८२।०८३ का लागि स्नातक तहमा भर्ना भइ आएका नव आगन्तुक बिद्यार्थीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. बशिधर मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को प्रमुख अतिथि त्रि.वि चिकित्सा शास्त्र अध्ययन सस्थानका  सहायक डीन प्रा. तुलसी अधिकारी मिश्रले नव आगन्तुक बिद्यार्थीहरुलाई विश्वविद्यालय अनुदान आयोग वाट प्रत्यान्कृत  सस्थामा अध्ययन गर्ने अवसर पाएकोमा बधाई दिदै क्याम्पसमा उत्कृष्ट पठन पाठन हुने आफु जानकार तथा विस्वस्त रहेको कुरा बताउदै बिद्यार्थीलाई अनुशासित भएर अध्ययन गर्न सुझाउनु भयो ।  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. बशिधर मिश्रले बिद्यार्थीहरुलाई स्वागत गर्दे  आफनो उद्धेश्य पूरा गर्नको लागि मेहनत गरी अध्ययन कार्यमा लाग्न सुझाव दिनु भयो । संस्थाका उपाध्यक्ष इ.गम्भिर लाल श्रेष्ठले बिद्यार्थीहरुलाई गुणस्तरिय पठनपाठन हुने क्याम्पसमा आउनु भएकोले निधक्क भई अध्ययन गर्न अनुरोध गर्दै आवश्यकता अनुसार बिद्यार्थीको शैक्षिक उन्नयन हुने कुरामा क्याम्पसले प्रयास जारी रहेको  बताउनु भयो । क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालले नव आगन्तुक बिदार्थीहरुलाई स्वागत गर्दै आफनो अध्ययन अवधी भर अनुशासित र लगनशिल भई अध्ययन गर्न बिद्यार्थीहरु लाग्नु पर्ने बताउनु भयो ।  कार्यक्रम पूर्व सन्ध्यामा उत्पेराणात्मक कक्षा गराइएको र सो कक्षा राम्रो रहेको बिद्यार्थी द्धय निर्जना कर्माचार्य र धनराज ठाकुरले आफनो अनुभव बताउनु भयो । कार्यक्रममा नेको नेपालका सहसचिव हरिकुमार श्रेष्ठ, क्याम्पस व्यवस्थापन समितिका सदस्य डा. रामकुमार अधिकारी, डा. रामराज पन्थी, श्याम बहादुर श्रेष्ठ, नेको नेपालका प्रमुख कार्यकारी निर्देशक गोपाल कृष्ण श्रेष्ठ, मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सका क्याम्पस प्रमुख डा. राधा पौडेल, मनमोहन मेमोरियल शिक्षण अस्पतालका मेटोन बिभा श्रेष्ठ, सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खडुका मिश्र, बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खडुग बहादुर श्रेष्ठ, दिप्ती पिया बानिया, सोमकान्त वराल, शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको छ । कार्यक्रममा B. Sc Nursing दोश्रो र तेश्रो बर्षका र MPH का बिद्यार्थीहरुले अत्यन्तै राम्रो नृत्य प्रस्तुत गर्नु भएको थियो ।

03 Apr 2026