NOTICES
Vacancy Announcement रजिष्टेशन फाराम भर्ने सूचना । स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको दोश्रो वर्षको पुन.परीक्षाको फाराम भर्ने सम्बन्धमा अत्यन्त जरुरी सुचना । स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

पुस्तक बिमोचन कार्यक्रम सम्पन्न ।

पुस्तक बिमोचन कार्यक्रम सम्पन्न ।

मनमोहन मेमोरियल इन्ष्टिच्यूटअफ हेल्थ साइन्सेजका क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनाल तथा फार्मेसी बिभागका सह-प्राध्यापक बेचन राउत द्धारा लिखित Medicinal Plants and Herbs Available in Ilam Municipality, Ward no. 1 (Sakhejung) पुस्तक मिति २०८२।०१।१९ गते विमोचन कार्यक्रम सम्पन्न भएको छ । डा.खनालको जन्म स्थल इलाम वडा नम्बर १ स्थीत रत्न बान्तवा पोलिटेक्निकल कलेजमा बिमोचन सम्पन्न भएको थियो ।
डा. धर्म प्रसाद खनालले अध्यक्षता गर्नु भएको उक्त बिमोचन कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्री गायत्रीराम बस्नेत हुनुहुन्थ्यो भने अतिथिहरु पूर्व वडा अध्यक्ष श्री अम्बिका गौतम, रत्न वान्तवा पोलिटेक्निकल कलेज कार्यवाहक प्रधानाध्यापक सुश्री ऐमिका राई लगायत औषधीय वनस्पति प्रयोग गर्ने र पुस्तकको लागि जानकारी प्रदान गर्नुहुने सम्पूर्ण, स्थानियवासिहरु, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्री गायत्रीराम बस्नेतले आफ्नो वडामा रहेका औषधीय वनस्पतिको बारेमा पुस्तक लेखेकोमा मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइनसेज् का सम्पुर्ण टिमको प्रयासको प्रशंसा गर्नु भएको थियो । पूर्व वडा अध्यक्ष श्री अम्बिका गौतमले साँकेजुङमा आयुर्वेदिक अस्पताल स्थापनाको प्रयासको सम्झना गराउनुभयो र सबै सरोकारवालाहरूबाट सहयोगको अपेक्षा राख्नु भएको थियो । कार्यवाहक प्रधानाध्यापक श्री ऐमिका राईले पुस्तक लेखनको प्रयासको प्रशंसा गर्दै यो डिप्लोमा इन फार्मेसीका विद्यार्थीहरूका लागि उपयोगी हुने कुरामा जोड दिनु भएको थियो ।
डा. धर्मप्रसाद खनालले झापा जिल्लाको थारु, सतार, पाँचथरको फालालुङ गाउँपालिकाको लिम्बु, इशोरपुर नगरपालिकाको भोजपुरी र मैथिली, नवलपरासी र लमहीको दाङकोथारु र लमजुङको मगर समुदायलगायत नेपालमा बसोबास गर्ने विभिन्न जात-जातिको परम्परागत उपचार पद्धतिबारे बताउनुभयो भने कार्यक्रमको समापन गर्दै, कार्यक्रमका अध्यक्ष डा. धर्मप्रसाद खनालले अनुसन्धान परियोजनालाई सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनु भएको थियो । उहाँले कार्यक्रमको लागि समय उपलब्ध गराउनुहुने सबै पाहुनाहरूलाई पनि धन्यवाद दिनुभएको थियो भने कार्यक्रमलाई स्वागत मन्तव्यको क्रममा सह-प्राध्यापक श्री बेचन राउतले स्थानीय औषधीय वनस्पतिहरूको संरक्षण साथै सदुपयोगको महत्त्व र स्थानीय जनताको भूमिकाको बारेमा व्याख्या गर्नुभयो । उक्त बिमोचन कार्यक्रमको सञ्चालन रत्न बान्तवा कलेजका शिक्षक श्री दिनेश यादवले गर्नुभएको थियो ।
इलाम साँकेजुङमा उपलब्ध औषधीय वनस्पतिहरूको बारेमा लिखित उक्त पुस्तक मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज् ले शिक्षकहरुको बृत्ति बिकासका लागि उपलब्ध गराइएको साना अनुसन्धान अनुदान परियोजना अन्र्तगत संचालित अनुसन्धान अनुदानमा आधारित रहेको र उक्त अनुसन्धान अनुदानको संयोजन सह.प्राध्यापक बेचन राउत तथा फरसुराम अधिकारी र सबिन श्रेष्ठको सहयोग तथा समन्वयमा सम्पन्न भएको थियो। पुस्तकमा परम्परागत प्रयोग र तिनीहरूको बारेमा वैज्ञानिक तथ्यहरू सहित कुल ६७ औषधीय वनस्पतिहरू समावेश गरिएको छ ।

02 May 2025