NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS को १७औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

MMIHS को १७औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

क्याम्पसको १७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित भब्यतापुर्बक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.बंशीधर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघिय संसद शिक्षा तथा स्वास्थ्य समितिका सभापति माननीय भानुभक्त जोशी ले हाल बिद्यार्थी बिदेश जाने खालको प्रकृयामा उल्लेख्य सुधार हुने गरि शिक्षा समितिले कार्य गरिरहेको कुरा व्यक्त गर्नु हुदै क्याम्पस १७ औ बार्षिकोत्सवको सफलताको शुभकामना दिदै संस्थाले गुणस्तरिय शैक्षिक पठन पाठन गरेकोमा सस्थामा सम्लग्न सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो । त्यस्तै  लागि सुझाउनु भयो चिकित्सा शास्त्र अध्ययन सस्थानका निमित्त डिन प्रा.डा.प्रदिप बैधले क्याम्पस हाम्रो सम्वन्धनमा संचालन रहेको र क्याम्पस परिवारको एउटा हिस्साको रुपमा लिएको र यहाका बिद्यार्थीहरु अव्वल रहेको र यहाको शिक्षा गुणस्तरिय रहेको बताउनु भयो । त्यस्तै नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष जीवन प्रकाश शर्माले नेपालको हालको उच्च शिक्षालाई सिप संग जोड्न पर्ने र देशमा केहि हुदैन भन्ने नकारात्मक भाष्य परिवर्तन गर्न आआफ्नो ठाउंवाट भूमिका खेल्न अनुरोध गर्नु भयो।कार्यक्रममा क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले क्याम्पसको शैक्षिक गतिविधि सहित कार्यक्रममा पाल्नु हुने सम्पूर्णमा स्वागत मन्तव्य राख्नु भयो भने कार्यक्रमको समापन सस्थाका अध्यक्ष डा. वंशीधर मिश्रले क्याम्पसले १७ बर्षको छोटो अबधीमा गरेका महत्वपूर्ण उपलब्धिहरुको चर्चा गर्दै संस्थालाइ उत्कृष्ट शैक्षिक सस्था बनाउन तथा बिदेशी सस्थाहरुसंग सहकार्य गर्न सहयोग पुर्याउनु हुने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो । सोहि अवसरमा यस बर्षको बर्ष शिक्षक को रुपमा सह प्राध्यापक बमिता बुढाथोकी र बर्ष कर्मचारीको रुपमा लेखा प्रमुख राधिका लुइटेल लाई सम्मानित गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा बार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरु सम्मान तथा मनमोहन स्मृति छात्रवृति, हरि देउसा राई, बिष्णु भट्टराई छात्रवृति समेत प्रदान गरिएको थियो । क्याम्पसको बार्षिक रुपमा निरन्तर प्रकाशन हुने सोभिनियरको समेत बिमोचन गरिएको थियो भने स्नातकोतर तहका प्रथम बर्षमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई अनुसन्धान कार्यमा सहयोग पुराउने उद्धेश्यले रिसर्च ग्राण्ट समेत वितरण गरिएको थियो । क्याम्पसले आफनो वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी खेलकुद र रक्तदान कार्यक्रम समेत सफलता पुर्वक सम्पन्न गरिसकेको र आज कार्यक्रमको अन्तिम दिन बिद्यार्थीहरु उत्साहर्पूक सास्कृतिक कायक्रमको आयोजना गरेका थिए । कार्यक्रममा पूर्व सांसद शंकर पाण्डे, नेपाल स्वास्थ्य सेवा सहकारी सस्थाका उपाध्यक्ष इ गम्भिरलाल श्रेष्ठ, सहसचिव हरि कुमार श्रेष्ठ, लेखा समिति संयोजक दुर्गा आर्चाय, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डीन प्रा. दुर्गा मिश्र, नसिग परिषद्का अध्यक्ष सरला केसी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार लिला नाथ भण्डारी, मनमोहन मेमोरिय शिक्षण अस्पताल निदेशक डा. मुज श्रेष्ठ, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु प्रा बिष्णु भट्टराइ, डा रामराज पन्थी, नेको नेपाल का प्रमुख कार्यकारी अधिकृत गोपाल कृष्ण श्रेष्ठ, मनमोहन मेमोरियल शिक्षण अस्पतालका मेटोन बिभा श्रेष्ठ समेत आतिथ्यता रहेको थियो । उक्त कार्यक्रम मा MPH 2nd year मा अध्ययनरत प्रतिक्षा पान्डले Harvard University , USA माँ उच्च अध्ययन गर्ने अवसर प्राप्त गरेकोमा निजलाई हार्दिक वधाई दिइयो। उक्त कार्यक्रमको संचालन फार्मेसी बिभागका बिभागिय प्रमुख मिजला बज्राचार्य, र नसिग बिभागका सह प्राध्यापक बमिता बुढाथोकीले गर्नु भएको थियो ।