NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS को १६औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

MMIHS को १६औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

MMIHS को १६ औं बार्षिकोत्सव विविध कार्यक्रम भब्यतापुर्बक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.बंशीधर मिश्रको अध्यक्षतामा सम्पन्न अन्तिम दिनको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं बाग्मती प्रदेशका निबर्तमान मुख्यमन्त्री माननीय राजेन्द्रप्रसाद पाण्डेले क्याम्पस दिवसको सफलताको कामना गर्दै संस्थाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्नुभयो । बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री माननीय केशब पोखरेलले क्याम्पसका सबै प्रकारका गतिविधिहरु आफुले नजिकबाट नियाल्ने अबसर प्राप्त गरेकोले प्रदेश सरकारले क्याम्पसका सबै प्रकारका प्राज्ञिक कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष जीवन प्रकाश शर्माले नेपालको शैक्षिक इतिहासको चित्र प्रस्तुत गर्दै शिक्षालाई उद्योग सग जोड्न सकिएमा मात्र उत्पादित जनशक्ति बेरोजगार हुनुनपर्ने धारणा व्यक्त गर्नुभयो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले क्याम्पसले उत्पादन गरेको जनशक्तिले रोजगारी प्राप्त गर्न सफल भएको सुन्दा उत्साहित भएको बताउदै चिकित्सा शिक्षा आयोगले छोटो समयमा चिकित्सा शिक्षालाई ब्यवस्थित गर्न गरेका प्रयासहरुको बारेमा उल्लेख गर्नुभयो । चिकित्सा शास्त्र अध्ययन संस्थान महारजगज निमित्त डिन प्रा.डा. प्रदिप बैध ले क्याम्पसले प्रदान गरेको गुणस्तरीय शिक्षाको अनुभुती सर्बत्र महसुस गरिएको भन्दै स्वास्थ्य बिज्ञान तर्फको अन्तिम परीक्षा मा यस क्याम्पसले उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएकोमा अध्यापनरत सबै शिक्षक शिक्षिकालाइ हार्दिक बधाई दिनुभयो । क्याम्पसका संयोजक डा रामकुमार अधिकारीले विद्यार्थीहरुलाइ अनुसन्धानको क्षेत्रमा समर्पित हुनुपर्ने सुझाव राख्दै उपस्थित सबै महानुभाबहरुलाइ धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. वंशीधर मिश्रले क्याम्पसले प्रन्ध बर्षको अबधीमा गरेका महत्वपूर्ण उपलब्धिहरुको चर्चा गर्दै संस्थालाइ उत्कृष्ट शैक्षिक सस्था बनाउन सहयोग पुर्याउनु हुने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा पूर्ब क्याम्पस प्रमुख प्राध्यापक विष्णु भट्टराईले आफुले पन्ध्र बर्षसम्म क्याम्पसको प्राध्यापक र क्याम्पस प्रमुखको नाताले गरेको कार्यहरुको संक्षिप्त्त चर्चा गर्दै आफ्नो कार्यकालमा आफुलाइ सहयोग पुर्याउनु हुने नेको नेपालका संस्थापक अध्यक्ष लगायत पदाधिकारीहरु प्रति आभार व्यक्त गर्नुभयो । मनमोहन मेमोरियल शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.नास्तु शर्मा, नेपाल नर्सिङ परिषद्का अध्यक्ष सरला के.सी., नेपाल स्वास्थ अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवाली, नेपाल स्वास्थ्य व्यवसायी परिषद् रजिस्ट्रार पुष्पराज खनालले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख डा.धर्म प्रसाद खनालले क्याम्पसको बार्षिकोत्सवमा उपस्थित प्रमुख अतिथी बिशिष्ठ अतिथीलगायत शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरुको स्वागत गर्दै क्याम्पसको र्शैक्षिक गतिविधिको संक्षेपमा चर्चा गर्नुभएको थियो !

सोही अवसरमा नेको नेपालका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा बिजयी हुनु भएकोमा र क्याम्पस व्यवस्थापन समितिका सदस्य माननीय केशव प्रसाद पोखरेल बाग्मती प्रदेश सरकारको कृषि तथा पशुपक्षी मन्त्रीमा नियुक्त हुनु भएकोमा क्याम्पस व्यवस्थापन समितिको तर्फ वाट सम्मान गर्दै हार्दिक बधाई ज्ञापन गरियो । उक्त कार्यक्रममा पन्ध्र बर्षसम्म सस्था को शैक्षिक प्राज्ञिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउनु भएका पूर्ब संयोजक सह। प्राध्यापक जीवन प्रकाश शर्मा र पूर्व क्याम्पस प्रमुख प्राध्यापक विष्णु भट्टराईलाई अभिनन्दन गर्दै कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा यस बर्षको बर्ष शिक्षक को रुपमा प्राध्यापक डा। सुजन वावु मरहट्टा र बर्ष कर्मचारीको रुपमा बेद कुमारी पौडेल ( पार्वती) लाई र पूर्व कर्मचारी रेशम तिवारी लाई सम्मानित गरिएको थियो । सोही अवसरमा बार्षिक परीक्षामा उत्कृष्ट बिद्यार्थीहरु समेत प्रमाण पत्र प्रदान गरिएको थियो । क्याम्पसको बार्षिक रुपमा प्रकाशित क्याम्पसको सोभिनियरको समेत उक्त कार्यक्रममा बिमोचन गरियो । अनुसन्धान कार्यमा सहयोग पुराउने उद्धेश्यले बिद्यार्थी लाई रिसर्च ग्राण्ट वितरण गरिएको थियो । बार्षिकोत्सवको अवसरमा क्याम्पसले सप्ताह व्यापी खेलकुद र रक्तदान कार्यक्रम समेत सफलता पुर्वक सम्पन्न गरेको थियो । कार्यक्रमको अन्तिम दिन बिद्यार्थीहरु उत्साहर्पूक सास्कृतिक कायक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा मनमोहन मेमोरियल छात्रवृति तथा हरिदेउसा राई छात्रवृति वाट समेत बिद्यार्थीहरु छात्रवृति प्रदान गरिएको थियो । सोही अवसरमा आगामी बर्ष देखि नसिग बिभागमा अध्ययनरत बिद्यार्थीहरुको पठनपठनमा सहयोग पुराउने उद्धेश्यले श्रीमान / श्रीमति बिष्णु भट्टराईको तर्फवाट रु ५ लाख बराबरको अक्षयकोष समेत घोषणा गरियो । कार्यक्रममा नेपाल स्वास्थ्य सेवा सहकारी सस्थाका उपाध्यक्ष इ गम्भिरलाल श्रेष्ठ, सहसचिव हरि कुमार श्रेष्ठ, सदस्य हरिहर कार्की, नसिग परिषद्का रजिष्टार शकुन्तला प्रजापति, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा मोहन कृष्ण श्रेष्ठ, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु डा रामराज पन्थी, बरिष्ठ अधिवक्ता बिष्णु भट्टराई, चिकित्सा शास्त्र अध्ययन सस्थान फार्मेसी बिभागका प्रमुख अर्जुन बुढ थापा, बिभागिय प्रमुख हरु प्रा बिनु बिष्ट, डा खडग बहादुर श्रेष्ठ, मिजला बज्राचार्यको समेत आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको संचालन ल्याव मेडिसिन बिभागका प्रमुख डा। महेन्द्र प्रसाद भट्ट्ले गर्नु भएको थियो ।