NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

MMIHS को १४औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

MMIHS को १४औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

मनमोहन मेमोरियल इन्ष्टिच्यूटअफ हेल्थ साइन्सेजले आफनो १४औ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको उदघाटन पानसमा बत्ति बाली शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले गर्नु भएको थियो।

उदघाटन मन्तव्यमा मन्त्री श्रेष्ठले स्वास्थ्य बिज्ञानका १३कार्यक्रमहरु संचालन गरि गुणस्तरिय तथा समय सापेक्ष शिक्षा प्रदान गरी २पटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएकोमा धन्यवाद दिनु भयो र यस क्याम्पसमा स्नातक तहमा MBBS कार्यक्रम थप गर्न र मनमोहन अधिकारीको नाममा स्थापित यस संस्थालाई मनमोह्नअधिकारी विश्वविद्यालयको रुपमा रुपान्तरण गर्नआफनो तर्फवाट सकारात्मक पहल गर्ने प्रतिवद्यता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपती प्रा.डा धर्मकान्त बास्कोटाले क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो र क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेकोमा प्रशंसा गर्नुभयो । कार्यक्रममा चिकित्साशिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको सफलताको कामना गर्दै मनमोहन छात्रवृति प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र तथा चेक वितरण गनुभयो । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकर भण्डारीले यस क्याम्पसले QAA को लागि गरेको प्रयत्नमा अनुदान आयोगका तर्फवाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो।अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सवै पूर्वाधार पुरा गरी विश्वविद्यालयले निरिक्षण गरी MBBS कार्यक्रम थपको लगि सिफारिष गर्दा समेत उक्त कार्यक्रम संचालन गर्ने अवसर नपाएको गुनासो गनुभयो र शिक्षामन्त्रालयले एल ओ आइ दिएपछि पूर्वाधारका लागि खर्च भएको ऋणले संस्था ठुलो मारमा परेको धारणा व्यक्त गनुभयो।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष जीवनप्रकाश शर्माले कार्यक्रममा उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशेषअतिथि, अतिथि तथा नव आगन्तुक र पास आउट बिद्यार्थीहरुलाई स्वागत गर्दै क्याम्पस स्थापना काल देखि आज सम्म शैक्षिक उन्नयनका लागि गरिएको प्रयत्नहरुको चर्चा गर्नुभयो । कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख प्रा. विष्णु भट्टराईले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो ।

उक्त कार्यक्रममा क्याम्पसको सोभिनियरको विमोपन गरिएको थियो भने क्याम्पसका यस वर्षका उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरी कार्यक्रमलाई हर्षोल्लास र रोमाञ्चक वनाएका थिए।उक्त कार्यक्रम प्रा. विनु विष्टले संचालन गर्नु भएको थियो। शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान समेत गरेका थिए