Notices:

अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

यस शैक्षिक सत्रको स्नातकोत्तर तहको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गर्दे संस्थाका अध्यक्ष डा. बशीधर मिश्रले नवआगन्तुक बिद्यार्थीहरुलाई स्वास्थ्य बिज्ञानको क्षेत्रमा पछिल्लो अवधिमा भएका उल्लेखनिय प्रगतिको चर्चा गर्नु भयो । संस्थाका उपाध्यक्ष तथा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख सह प्रा. जीवन प्रकाश शर्माले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै उच्च शिक्षा अध्ययन गर्न MMIHS लाई छनौट गर्नु भएकोमा धन्यवाद दिनु भयो र बिद्यार्थीहरुले यो तहमा अध्ययन गर्दा प्रविधि लगाइत अन्य आवश्यक साम्रागीको भरपुर उपयोग गरी शिक्षा आर्जन गर्न सुझाउनु भयो । बिद्यार्थीहरुको तर्फवाट स्मृति रायमाझीले अनुसन्धान लगायत प्राज्ञिक गतिविधिहरुमा क्याम्पसले अग्रणी स्थान हासिल गरेकाले आफनो रोजाईमा यो क्याम्पस परेको बताउनु भयो । उक्त कार्यकम्र नसिङ्ग बिभागका प्रमुख प्रा. मन्दिरा वन्त आफनो स्वागत मन्तव्यको क्याम्पसका शैक्षिक श्रोतको भरपुर प्रयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका संयोजक तथा रिसर्च, अन्तराष्टिय बिभागका संयोजक डा. सुमन चन्द्र गुरुङ्गले प्रस्तुतिकरण मार्फत क्याम्पसको सक्षिप्त परिचय तथा गतिविधि वारे प्रकाश पार्नु भएको थियो । क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले बिद्यार्थीहरुलाई अध्ययनशिल भै पाठयक्रमले निर्देशन गरेका बिषय बस्तुहरु शुक्षम रुपमा अध्ययन गरी अव्वल बिद्यार्थीको रुपमा आफुलाई प्रमाणित गर्ने कार्यमा लाग्नु पर्ने बताउनु भयो ।

11 Jul 2025