Notices:

कार्यशाला गोष्ठी प्रारम्भ

कार्यशाला गोष्ठी प्रारम्भ

विश्वविधालय अनुदान आयोगको सहयोग तथा  मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको  व्यवस्थापनमा  Self Directed Learning (SDL) बिषयमा ३ दिने कार्यशाला गोष्ठी आज देखि प्रारम्भ भएको छ । क्याम्पस प्रमुख डा। धर्म प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन सत्रको प्रमुख अतिथि विश्व विद्यालय अनुदान आयोग का योजना महाशाखाका निर्देशक केदार प्रसाद आचार्यले गमलामा रोपिएको फुलमा पानी सिचन गर्दै गोष्ठी उदधाटन गर्दै अत्यन्तै राम्रो बिषयमा प्रस्तावना पेश गरेकोले सोको प्रशंसा गर्दै गोष्ठीकासफलताको शुभकामना दिनुभयो । उक्त कार्यक्रममा कार्यवाहक अध्यक्ष जीवन प्रकाश शर्माले क्याम्पसले यस्ता गोष्ठी वाट शिक्षकहरुको क्षमता अभिबृद्धि हुने हुदा विश्वविद्यालय अनुदान आयोगले यस्ता कार्यकमहरुमा सहयोग गरेकोमा धन्यवाद दिदै सहभागीहरु लाई गोष्ठीवाट प्राप्त सीप तथा ज्ञानलाई कक्षाकोठामा उपयोग गर्न अनुरोध गर्नु भयो । संस्थाका उपाध्यक्ष इ.गम्भिरलाल श्रेष्ठले  प्रत्यायन्कृत भएका क्याम्पसहरुलाई थप सहयोगका लागि विश्वविदालय अनुदान आयोगलाईै अनुरोध गर्नु भयो ।  उक्त गोष्ठीमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज, महाराजगंज नसिङ्ग क्याम्पस, नेपाली शेना स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जनमैत्री हेल्थ फाउन्डेसन र  निष्ट सहित ५ वटा क्याम्पसका ३५ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

11 Jun 2025