साधारण सभा सम्पन्न

MMIHS

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको बाह्रौँ साधारण सभा मिति २०७५/०३/२३ गते सम्पन्न भएको छ । २५५३ सेयर सदस्य भएको  उक्त संस्थाको साधारण सभाको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पानसमा वत्ति बालि उद्घाटन गर्नु भयो । संस्थाका अध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा.बंसीधर मिश्रले सेयर सदस्यहरू तथा अतिथिहरूलाई स्वागत गर्नुभयो । प्रमुख अतिथि नेपालले संस्थाले बाह्र वर्षको अवधिमा स्वास्थ्य र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै मेडिकल कलेजको स्थापनाका लागि आफ्नो तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने बताउनु भयो । संस्थाका अध्यक्षले प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले बैँङ्कहरूबाट लिएको ऋण मेडिकल कलेज स्थापना हुन नसकेको कारणले तिर्नमा कठिनाई आएको र वर्तमान सन्दर्भमा सबै कुराहरू सकारात्मक ढंगले अगाडी बढिरहेकाले निकट भविष्यमै मेडिकल कलेजको सम्बन्धन पाउने विश्वास व्यक्त गर्नुभयो । संस्थाद्वारा सञ्चालित दुईवटा अस्पतालहरू मनमोहन सामुदायिक अस्पताल ठमेल र मनमोहन शिक्षण अस्पताल स्वयम्भुले स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् भने संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल कलेजमा स्वास्थ्य क्षेत्रका बाह्रवटा शैक्षिक कार्यक्रमहरू सि.टि.ई.भि.टि र त्रि.वि बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेका छन् । उक्त कार्यक्रममा उपस्थित सबै महानुभावहरूलाई संस्थाका उपाध्यक्ष जीवनप्रकाश शर्माले धन्यवाद व्यक्त गर्नु भएको थियो 


Message from the Vice Chairperson

VC of MMIHSIt is my great pleasure to announce that "Manmohan Memorial Institute of Health Sciences" popularly known as MMIHS which is the second organization established under NEHCO at Nakkhu, Sub-Metropolitan City-4, Lalitpur in 2007.

Mr. Jiwan Prakash SharmaRead more
Click to see update news from IOM for further notices

Click to see update notice from CTEVT for further notices

Useful Links »

  1. Hinari
  2. NHRC
  3. IOM
  4. CTEVT
Facebook twitter Skype

Current Programs at MMIHS

  1. MN
  2. MPH
  3. B.Sc.Nursing
  4. BNS
  5. BPH
  6. BPharm
  7. B.Sc.MLT
  8. Staff Nurse
  9. HA
  10. CMLT
  11. DPharm
  12. PCL Radiography