११औ बार्षिक उत्सव सम्पन्न

MMIHS

काठमाडौ १४ फागुन । मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजले आफनो ११औ बार्षिक उत्सव हालै  सम्पन्न गरेको छ । सो कलेजले फाल्गुन ८ गते लाई आफनो कलेज डे को रुपमा मनाउदै आएको छ ।

त्रिभुवन विश्वबिद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्र्रा्िवधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषदका सदस्य सचिव पुष्प रमण वाग्ले र चिकित्शा शास्त्र अध्ययन सस्थान महाराजगंजका सहायक डीन प्रा.डा राजेन्द्र शर्मा गुरागाई बिशेष अतिथी रहनु भएको थियो ।कार्यक्रममा नेपाल स्वास्थ्य सेवा सहकारी सस्था लिमिटेडका उपाध्यक्षहरु डा.बशिधर मिश्र, जीवन प्रकाश शर्मा, सरला के.सी लगायत नेको नेपाल तथा कलेज ब्यवस्थापन समितिका पदाधिकारीहरुको  उपस्थिती रहेको थियो ।

सो कार्यक्रमा कलेजमा संचालित  प्राविधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषद संचालित प्रविणता तह नसिङ,सामान्य चिकित्सा, ल्याव टेक्निसियनमा कलेजको तर्फवाट उत्कृष्ट बिद्यार्थीहरु तथा कलेजका उत्कृष्ट कर्मचारी र फयाकल्टी लाई सदस्य सचिव पुष्प रमण वाग्ले ले सम्मान गर्नुभएको थियो भने   त्रि.वि चिकित्सा शास्त्र अध्ययन सस्थानका संचालित कार्यक्रम कलेजको उत्कृष्ट बिद्यार्थीहरुलाई सहायक डीन प्रा.डा राजेन्द्र शर्मा गुरागाइले सम्मान गर्नु भएको थियो । साथै शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषद बाट यस बर्षको  सम्वन्धन प्राप्त कलेजहरु मध्ये उत्कृष्ट कलेज रुपमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज पुरस्कृत भएकोमा सदस्य सचिव पुष्प रमण वाग्ले ले बधाई दिनु भएको थियो ।

साथै बिशेष अतिथी सहायक डीन प्रा.डा राजेन्द्र शर्मा गुरागाइले कलेजले गुणात्मक शिक्षा प्रदान गर्ने कार्यमा उल्लेखनिय भुमिका निवार्ह गरेकोमा प्रशसा ब्यक्त गर्नु भएको थियो । सस्थाका उपाध्यक्ष डा मिश्रले नेपाल स्वास्थ्य सेवा सहकारी सस्था लिमिटेडको स्थापना र कार्ययोजना तथा प्रगति वारे आफनो धारणा राखनु भएको थियो ।

प्रमुख अतिथीको तर्फवाट त्रि.वि का शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले कलेजले प्रदान गर्दै आएको शिक्षा उच्च स्तरिय भएको र आगामी दिनमा समेत थप उर्जाका साथ अगााडी बढन कलेज ब्यस्थापनलाई आग्रह गर्नु भयो र कलेजको उत्तरोतर प्रगतिको कामना गर्न भयो । कलेजका एम वि वि एस कार्यक्रम संचालन गर्नको लागि सवै भौतिक पुर्वाधार तथा मानविय श्रोत समेतको ब्यवस्थापन भएको बुझिएको ले उक्त थप कार्यक्रमको स्वीकृतिको लागि विश्वबिद्यालय सकारात्मक रहेको धारणा ब्यक्त गर्नुभयो ।

सात दिन सम्म सम्पन्न विविध खेलकुदका कार्यक्रमहरुमा प्रथम दितिय र तृतिय हुने बिद्यार्थीहरुलाई सिल्ड तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले सस्थाको सक्षिप्त जानकारी दिदै आगन्तुक नव बिद्यार्थीहरु र अतिथीहरुलाई स्वागत गर्नु भयो ।

क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा धर्म प्रसाद खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन पुष्प खनालले गर्नु भएको थियो । बरिष्ठ प्रशिक्षक बिभा श्रेष्ठ  बर्ष शिक्षक  तथा स्टोर प्रमुख शिव कुमार नेपाल बर्ष कर्मचारी र कलेजका आगन्तुक प्राध्यापक एडविन भान उत्कृष्ट शिक्षक बाट बिभुसित हुनु भएको थियो ।


Message from the Vice Chairperson

VC of MMIHSIt is my great pleasure to announce that "Manmohan Memorial Institute of Health Sciences" popularly known as MMIHS which is the second organization established under NEHCO at Nakkhu, Sub-Metropolitan City-4, Lalitpur in 2007.

Mr. Jiwan Prakash SharmaRead more
Click to see update news from IOM for further notices

Click to see update notice from CTEVT for further notices

Useful Links »

  1. Hinari
  2. NHRC
  3. IOM
  4. CTEVT
Facebook twitter Skype

Current Programs at MMIHS

  1. MN
  2. MPH
  3. B.Sc.Nursing
  4. BNS
  5. BPH
  6. BPharm
  7. B.Sc.MLT
  8. Staff Nurse
  9. HA
  10. CMLT
  11. DPharm
  12. PCL Radiography